वीरगन्ज :

बीरगन्जमा पहिलो पटक राज्यपक्षबाट शहीद दिवस मनाईयो

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.2kViews
1748 Shares

बीरगन्ज,१६ माघ । देशभर आज शहीद दिवस मनाइँदा बीरगन्जमा राज्यपक्षको विशेष सहभागितामा कार्यक्रम सम्पन्न भएको छ। बीरगन्जको घण्टाघरस्थित शहीदपार्क, नारायणी अस्पताल र गण्डक चोकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा मधेस आन्दोलनका शहीदहरूको शालिकमा माल्यार्पण गर्दै शहीदहरूको योगदानप्रति सम्मान व्यक्त गरियो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले शहीदहरूको बलिदानले स्थापित लोकतन्त्रलाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

१० अग्रजलाई सम्मान
शहीद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले गण्डक चोकस्थित शहीद तेजबहादुर अमात्यको शालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरी १० अग्रज व्यक्तित्वलाई सम्मान गर्‍यो। लोकतन्त्र, मानव अधिकार तथा समाज सेवामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको हो।

मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरीलाई सम्मान प्रदान गर्नुभयो। मन्त्री क्षेत्रीले शहीदहरूको सपना पूरा गर्ने दायित्वलाई स्मरण गराउँदै सम्मानित व्यक्तिहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल लगायत विभिन्न दलका नेता, सुरक्षाकर्मी, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *