वीरगन्ज :

सरसफाईकर्मीलाई वडाध्यक्ष चौरसियाले वितरण गरे ट्रयाकसुट

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1132 Shares

बीरगन्ज,१२ माघ । बीरगन्ज महानगरपालिका वडा नम्बर ५ का सरसफाईकर्मीलाई ट्रयाकसुट वितरण गरिएको छ। वडा कार्यालयमा आयोजित एक समारोहमा वडाध्यक्ष प्रदिप कुमार चौरसियाले सरसफाईकर्मीलाई जनही एक सेट ट्रयाकसुट प्रदान गरे।

वडाध्यक्ष चौरसियाले आर्थिक रूपमा कमजोर वर्गका कर्मचारीलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। जाडो मौसममा चिसोबाट बच्नका लागि वडामा कार्यरत सरसफाईकर्मीलाई यसरी सहयोग गरिएको छ। उनले भविष्यमा पनि यस्ता सेवामुलक कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडाका सदस्यहरू, वडा कार्यालयका कर्मचारी र सरसफाईकर्मीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *