वीरगन्ज :

मुसहर बस्तीका बालबालिकाहरुलाई न्यानाे कपडा वितरण

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.8kViews
1004 Shares

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहाकाे मुसहर बस्तीमा बुधबार पनि न्यानाे कपडा वितरण गरिएकाे छ । मंगलबार जिल्ला विपद् व्यवस्थापन समितिबाट साेही मुसहर बस्तीमा कम्बल वितरण गर्न पुगेका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय त्यसकै भाेलीपल्ट बुधबार फेरी त्यहीँ पुगेर बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गरेका हुन् ।

जाडाे तथा शितलहरले प्रभावित मुसहर बस्तीमा कम्बल वितरण गर्न पुगेका अधिकारी अर्यालले त्यँहाका बालबालिकाकाे अवस्था देखेर तिनिहरुकाे तथ्यांक संकलन गर्न निर्देशन दिएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारी अर्यालले त्यसकै भाेली पल्ट त्यँहाका बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गर्न पुगेका थिए ।

अधिकारी अर्यालले राेटरी क्लबकाे सहयाेगमा मुसहर बस्तीका दुई सय भन्दा बढी बालबालिकाहरु टोपी, ज्याकेट, ट्रेक सुट, जुता लगायतकाे न्यानाे कपडा वितरण गरेका हुन् ।

यसैगरी पकहाँ मैनपुर गाउँपालिका कै वडा नं. १ धाेरेका डाेम बस्तीमा कम्बल वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । जाडाे तथा शितलहरबाट प्रभावित २८ घरपरिवारलाई एक/एक थानकाे दरले कम्बल वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेलले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, स्थानिय युवा नेता अकलेश साह, रोटी क्लब अफ वीरगंजका प्रेसिडेन्ट निर्मल खत्री, राेट्याक्ट क्लबका दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *