वीरगन्ज :

गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड यसै साताभित्र

श्रेणी : अर्थ

3 weeks
Pradeep Sah
2.0kViews
1856 Shares

काठमाडौं,२९ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (IPO) बाँडफाँड यसै साताभित्र सम्पन्न गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँकी काम छिटो सम्पन्न गर्दै बाँडफाँड प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

कम्पनीको आईपीओमा १८ लाख ४५ हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट १९ लाख ६ हजार ७४८ आवेदकले २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। मागभन्दा १३.६५ गुणा बढी आवेदन परेकोले अधिकांश आवेदकको हात खाली हुने स्थिति छ।

प्राथमिक सेयर बाँडफाँडमा भाग्यले साथ दिए १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी १७ लाख २२ हजारभन्दा बढी आवेदकले सेयर पाउने सम्भावना छैन।

गार्डियन माइक्रो लाइफले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सार्वजनिक गरेको थियो। यसको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *