वीरगन्ज :

जय ट्रफीको फाइनलमा पुलिस र आर्मी भिड्ने

श्रेणी : खेलकुद

2 years
Pradeep Sah
2.4kViews
1791 Shares

काठमाडौं,२८ पुस । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुने भएका छन्। विभागीय टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेपछि बागमती र मधेश प्रदेशको यात्रा सेमिफाइनलमै समाप्त भयो।

नेपाल पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै दुई जित निकाल्ने एक्लो टोली बनेर फाइनलमा प्रवेश गर्यो। बागमतीले पुलिसलाई दोस्रो इनिङमा ११६ रनको सामान्य लक्ष्य दिएको थियो, जसलाई पुलिसले ५ विकेट गुमाउँदै सहजै पूरा गर्यो।

पुलिसका लागि अमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै दुवै इनिङमा धमाकेदार पारी खेले। पहिलो इनिङमा ७९ रन बनाएपछि दोस्रो इनिङमा उनले ४४ बलमा ५६ रन जोडे। कुशल भुर्तेलले पनि १९ बलमा ३२ रन बनाएर टीमलाई उत्कृष्ट सुरुवात दिलाए।

त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनायो। आर्मीले प्रतियोगितामा दुई खेल ड्रमा रोकिए पनि मधेशविरुद्धको जितले फाइनलमा स्थान सुरक्षित गर्यो।

फाइनल खेल तीन दिवसीय हुनेछ, जसको आयोजना बीरगन्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ। जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मीबीचको जम्काभेटलाई क्रिकेटप्रेमीहरूले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *