वीरगन्ज :

बिजुली बिल नतिरेपछि कांग्रेस संसदीय दल कार्यालयको लाइन काटियो

श्रेणी : अर्थ

2 years
Pradeep Sah
2.9kViews
1627 Shares

काठमाडौं,२५ पुस । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बिजुली लाइन नेपाल विद्युत् प्राधिकरणले बिल नतिरेपछि बिहीबार काटिदिएको छ।

तीन महिनादेखि करिब ६५ हजार रुपैयाँको बिजुली बिल नतिरेपछि प्राधिकरणले कार्यालयको लाइन काटेको हो। प्राधिकरणका अनुसार अन्य ग्राहकहरूको जस्तै तीन महिनासम्म बिल नतिरेपछि लाइन काट्ने नियमअनुसार यो कदम उठाइएको हो।

संघीय संसद सचिवालयको लापरबाहीका कारण बिल तिर्न ढिला हुँदा यस्तो अवस्था आएको बताइएको छ। बिजुली काटिएपछि बिहीबार नै बक्यौता रकम तिरेपछि प्राधिकरणले लाइन पुन: जोड्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *