वीरगन्ज :

बीरगन्जका नेता चोर र दलाल हुन्: प्रभु साह

श्रेणी : BANNER

7 months
Pradeep Sah
1.6kViews
1341 Shares

बीरगन्ज,२५ पुस । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बीरगन्ज र पर्साको विकासमा स्थानीय नेताहरूले कुनै ठोस योगदान दिन नसकेको भन्दै उनीहरूलाई “चोर र दलाल” को संज्ञा दिएका छन्।

बिहीबार नारायणी रंगशालाको अवलोकनका क्रममा साहले संघीय र प्रदेश तहका नेताहरूले विकासमा चासो नदेखाएको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। उनले भने, “पर्सामा तीन जना संघीय र दुई जना प्रदेश मन्त्री हुँदाहुँदै पनि विकास शून्य छ। नेताहरूले जनताको हितभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिएका छन्।”

साहले पञ्चायतकालमा निर्माण भएका संरचनाहरू जस्तै नारायणी रङ्गशाला, घण्टाघर, नारायणी अस्पताल, र ठाकुरराम क्याम्पसको अवस्था दयनीय भएको उल्लेख गर्दै पछिल्लो समयमा कुनै नयाँ विकास नभएको बताए।उनले भने, “पञ्चायतकालको विकासपछि यहाँ केही भएको छैन। अहिले भएका संरचनाहरू पनि जीर्ण अवस्थामा छन्, र यसलाई सुधार्ने कुनै प्रयास स्थानीय सरकारले गरेको छैन।”

साहले नारायणी रङ्गशालाको दयनीय अवस्थाबारे दुःख व्यक्त गर्दै भने, “कहिल्यै खेलकुदको केन्द्र रहेको यो रङ्गशाला अहिले हेर्दा लाज लाग्छ। यहाँका नेता र मन्त्रीहरूले यसको पुनर्निर्माणका लागि कुनै कदम चालेका छैनन्।”

साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउन दृढ अठोट व्यक्त गर्दै भने, “बीरगन्जबाट अर्बौं राजस्व उठाइन्छ, तर विकास बजेट दिइँदैन। यो विभेदपूर्ण व्यवहारको विरुद्धमा हाम्रो पार्टी कडा कदम चाल्नेछ।”

जय ट्रफीमा सहभागिता अवलोकनपछि साहले नारायणी क्रिकेट रङ्गशालामा जारी जय ट्रफी प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *