वीरगन्ज :

जय ट्रफी : मधेश प्रदेश १२९ रनमै अलआउट, गुलशन झाले लिए ५ विकेट

श्रेणी : खेलकुद

2 years
Pradeep Sah
2.2kViews
1260 Shares

बीरगन्ज,२४ पुस । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बीरगन्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेश १२९ रनमै अलआउट भएको छ। टस जितेर ब्याटिङको निम्तो पाएको मधेश ४२.४ ओभरमा समेटियो।

मधेशका लागि ओपनर मयन यादवले ५९ रनको अर्धशतकीय पारी खेले। उनले १०२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले उत्कृष्ट प्रदर्शन गरे। मयनले अघिल्लो खेलमा बागमती प्रदेशविरुद्ध शतकीय पारी खेलेका थिए। अन्य ब्याटर भने प्रभावशाली प्रदर्शन गर्न असफल रहे। निरज यादवले २९ रन र अभिषेक तिवारीले अविजित १७ रन बनाए।

पुलिसका बलर गुलशनकुमार झाले १३ ओभरमा चार मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। उनीसँगै कुशल भुर्तेलले दुई तथा ललित राजवंशी र श्रवण यादवले एक-एक विकेट लिए।

यसैबीच, जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस हारेर ब्याटिङ गरेको आर्मीले ४० ओभरमा ३ विकेट गुमाउँदै १७३ रन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *