वीरगन्ज :

मधेस प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.9kViews
1213 Shares

जनकपुर,२३ पुस । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज (मंगलबार) दिउँसो १ बजेबाट सुरु हुँदैछ। लामो समयपछि प्रदेशसभाको बैठक बस्न लागेको हो।

गत भदौ २९ गते सम्पन्न भएको तेस्रो अधिवेशनपछि पहिलो पटक प्रदेशसभाको बैठक आयोजना गर्न लागिएको हो। प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाका अनुसार, बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन प्रस्तुत गरिने छ।

चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यक्रमसमेत रहेको छ। सचिवालयले बैठकका सबै तयारी पूरा भएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *