![](https://birgunjreport.com/wp-content/uploads/2025/01/arrest-1-2-3.webp)
श्रेणी : प्रदेश
काठमाडौँ, २० पुस । प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अपरेसन’ अन्तर्गत लागू औषधसहित १० जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, र मातहतका प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुरका मोहन रानाको साथबाट ६ ग्राम १८० मिलिग्राम लागू औषध बरामद गरिएको छ।
कैलालीको धनगढीका प्रभुपन राना र अमन रानाको साथबाट ८४० मिलिग्राम, टीकापुरका विक्रम बुढा र मिलन टमटाको साथबाट ८० मिलिग्राम लागू औषध फेला परेको छ ।
त्यस्तै, धनगढीका बाहाली राना र दीपक रानाबाट ५०० मिलिग्राम, कञ्चनपुरका प्रदीप राना र अनिल रानाबाट ८९० मिलिग्राम, र बैतडीको पाटन घर भई धनगढीमा बस्ने खेमराज महराको साथबाट ६९ ग्राम ३४० मिलिग्राम लागू औषध बरामद भएको छ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया