वीरगन्ज :

सशस्त्र प्रहरी पर्साद्वारा चक्लेट बोकेको भ्यान नियन्त्रणमा

श्रेणी : अन्तर्राष्ट्रिय

7 months
Pradeep Sah
1.8kViews
1175 Shares

वीरगन्ज,११ पुस । सशस्त्र प्रहरी पर्साले चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका वाड न.१४ पावरहाउस चोकबाट बुधबार सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद चक्लेट तथा भ्यान आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएको छ । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ । गाडी चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *