वीरगन्ज :

हेटौँडामा गैँडाको खागसहित तस्कर पक्राउ, ५ राउन्ड हवाई फायर

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.2kViews
1554 Shares

काठमाडाैं, ११ पुस । मकवानपुरको हेटौँडामा गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाले ५ राउन्ड हवाई फायर गरेको छ। हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना स्थित प्लटिङ क्षेत्रमा तस्करलाई रोक्ने प्रयासमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार विशेष सुराकीको आधारमा खटिएको निकुञ्जको टोलीले गैँडाको खागसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । तस्कर भाग्न खोज्दा सेनाको टोलीले फायर गरेर नियन्त्रणमा लिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा आएका सेनाका ७/८ जनाको टोलीले दुई सवारी साधनमा आएको तस्करी समूहलाई नियन्त्रणमा लिने क्रममा उक्त घटना भएको हो ।

प्रहरीका अनुसार घटनाको विस्तृत विवरण निकुञ्जमार्फत सार्वजनिक गरिनेछ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि निकुञ्जले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *