
श्रेणी : प्रदेश
काठमाडौं, ११ पुस । संघीय संसद् सचिवालयले नेपालसँग कूटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन गरेको छ। विधायिकाबीच अनुभव आदानप्रदान र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन मैत्री समूह गठन गर्ने परम्परा अनुरूप बिहीबार नयाँ समूहहरूको गठन गरिएको हो ।
२०७९ मंसिर ४ गते सम्पन्न चुनावपछि दुई वर्षको अन्तरालमा गठन गरिएको यो समूहले नेपाल र विभिन्न देशहरूका सांसदबीच संसदीय अभ्यास, अनुभव र मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
गठित मैत्री समूहका संयोजकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन्। संसद सचिवालयका अनुसार, यस समूहले दौत्य सम्बन्ध भएका मुलुकहरूसँग कूटनीतिक संवाद र सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्य राखेको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूको सहभागितामा गठन गरिएका यी समूहहरूले संसदको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया