वीरगन्ज :

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.5kViews
1180 Shares

काठमाण्डौं,०३ पुस । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *