वीरगन्ज :

हत्याको आरोपमा मकवानपुरबाट तीनजना पक्राउ

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.7kViews
1248 Shares

हेटौँडा,३० मंसिर । मकवानपुर प्रहरीले हत्याको आरोपमा मकवानपुरबाट तीनजनालाई पक्राउ गरेको छ । युवकलाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

मकवानपुर राक्सिराङ गाउँपालिका ५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समीर सुनारको शव शुक्रवार फेला परेको थियो ।

उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।

उनको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धानको क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँड्ने साथी भएको बताएको छ । पक्राउ गरिएका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *