वीरगन्ज :

आगामी निर्वाचनका लागि ८८ लाख महिला र ९१ लाख पुरुष मतदाता

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गरी ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुषको नामावली स्वीकृत गरेको हो। आयोगका अनुसार सबैभन्दा बढी मतदता मोरङमा रहेका छन् ।

मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्। त्यसपछि झापामा ६ लाख ६३ हजार ३३१ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा ६ हजार ७७९ मतदाता रहेका छन् भने मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ ह जार ७७४ मतदाता रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *