
श्रेणी : मधेस
वीरगन्ज, २६ मसिर । वीरगन्जको ठाकुरराम बहुमुखी क्यम्पसमा विज्ञप्ती बुझाउने विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
ने.वि संघ ठाकुराम इकाई समिति हुँदाहुँदै जिल्लाको ठाडो हस्तक्षेपमा सुनियोजित रुपमा विज्ञप्ति दिएको संयुक्त विद्यार्थी संगठनको बुझाई छ ।
ने.वि.संघका जिल्ला अध्यक्ष ई. रमेश यादवले दिएको विज्ञप्ति इकाई अध्यक्षले दिनुपर्ने हो तर विज्ञप्ति जिल्लाका नेताले दिएको कारण संयुक्त विद्यार्थी संगठनले विरोध जनाएको छ । यस्तो नियम कतै छैन तर पनि नेवि संघका जिल्ला अध्यक्ष ई. यादव र क्याम्पस प्रमुख रंजित प्रसाद यादवको मिलोमतोमा नियम विपरित विज्ञप्ति बुझाउने र बुझिलिने कार्य भएको अखिल (क्रान्तिकारी) का अध्यक्ष अनिस पटेलको भनाई छ । विज्ञप्तिको विषयमा क्याम्पस प्रमुख यादवलाई बुझ्न जाँदा उनले विद्यार्थीहरुको कुनै पनि कुरा नसुनेको पटेलको दावी छ ।


प्रतिक्रिया