वीरगन्ज :

राधादेवी लायनेस स्कुल लायन्स र महानगरले संचालन गर्ने

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.8kViews
1766 Shares

वीरगंज (पर्सा), ५ असोज । वीरगंज महानगरपालिका आदर्शनगरमा रहेको राधादेवी लायनेस विद्यालयको विवाद साम्य पाँदै वीरगंज महानगरपालिका र लायन्स क्लव अफ वीरगंजबीच विद्यालय संचालन सम्वन्धी द्विपक्षीय सम्झौता भएको छ ।

लायन्स क्लव अफ वीरगंजका पूर्व अध्यक्ष तथा उद्योगी, समाजसेवी अशोक वैधको विशेष सक्रियता वीरगंज महानगरका नगर प्रमुख राजेशमान सिंहको पूणर् सहयोगमा वीरगंज महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कणर् र लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल कुमार गुप्ताले संयुक्त रुपमा विभिन्न बुंदाहरुमा सहमतिका साथ सम्झौतामा हस्ताक्षर गरि पूणर्ता दिने कार्य भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय शिक्षाबाट बञ्चित भएका बालबालिकालाई सहज र शुलभ तवरले शिक्षा प्राप्त गर्न पाउन भन्ने महान उद्देश्यले वीरगंज ६ निवासी मुरलीधर शर्माले २०३८ सालमा आफ्नी स्व. आमा राधादेवीको नाममा विद्यालय संचालनको लागि करिब ७ कठ्ठा जग्गा लायन्स क्लबको नाममा हस्तान्तरण गरेपछि लायन्स क्लब अफ इन्टरनेशनलले भवन निर्माण गरि अध्ययन अध्यापन गराउँदै आएपनि विगत केही वर्षदेखि विभिन्न बाधा अड्चनका कारण सो विद्यालय क्लबको सहमति अनुकूल संचालन नभएपछि स्थानीय निकायको रुपमा रहेको वीमनपा तथा क्लबकाबीच विभिन्न बैठक छलफल पश्चात आजबाट यसले यसको समस्या समाधान भएको छ ।

विद्यालयको सम्पूणर् भौतिक सम्पत्ति लायन्स क्लबकै स्वामित्वमा रहने गरि विभिन्न शैक्षिक क्रियाकलाप गर्ने गरि सम्झौता भएको छ । वीरगंज महानगरपालिकाको नगर प्रमुखको सभाकक्षमा समपन्न सो कार्यक्रममा क्लबका भूपु अध्यक्षहरु ला. अशोक वैद्य, बलराम श्रेष्ठ, रमेश कुमार केडिया, बिनित कुमार जैसवाल, वर्तमकान कोषाधयक्ष मुकुल इपोलिया, सदस्यहरु गोबिन्द प्रसाद कानु, रामप्रसाद पाण्डे, वंशराज गुप्ता लगायत सदस्यहरु तथा वीरगंज महानगरपालिका शैक्षिक प्रशासनका अधिकृत आनन्द लामिछाने, नगर प्रमुखका स्वीकीय सचिव सत्यराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यस विद्यालयलाई वीरगंजको उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता दुबै पक्षले गरेको अध्यक्ष सुनिल कुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *