वीरगन्ज :

एनवाइईएफ वीरगंजले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.2kViews
1507 Shares

वीरगंज । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले च्याप्टर उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगंज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको हो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसीकी अध्यक्ष सहारा जोशीले वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाल लगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरेका थिए । वीरगंज च्याप्टरले यसअघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

उत्कृष्ट अवार्ड प्राप्त गरेपछि वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आयोजकप्रति आभार प्रकट गरेका छन् । वीरगंज च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हुँदा यसले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको उनले बताए ।

एनवाइईएफ वीरगंज च्याप्टरका सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्यको भावनाको परिणाम स्वरूप अवार्ड प्राप्त भएको उनको बुझाई छ । औद्योगिक एवम् आर्थिक नगरी वीरगंज उद्यमशीलताको प्रवर्द्धन गर्न र युवालाई उद्यममा प्रेरित गर्ने कार्यमा सक्रिय पूर्वक काम गरिरहेको पनि उनले दाबी गरे ।

वीरगंज च्याप्टरसँगै काठमाडौँ च्याप्टरले पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *