वीरगन्ज :

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

श्रेणी : अर्थ

10 months
Pradeep Sah
2.2kViews
1497 Shares

वीरगंज (पर्सा), १० असार । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ११ औं गाउँ सभाकाे अधिवेशन तथा आ.व. २०८१/०८२ काे निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंहले ४४ कराेड ३४ लाख २३ हजार ५ सय बराबरकाे बजेट प्रस्तुत गरेकी थिइन । उनले आय तर्फ नेपाल सरकारकाे समानिकरण अनुदान १० कराेड ९७ लाख, प्रदेश सरकारकाे समानिकरण ७९ लाख ८२ हजार, नेपाल सरकारकाे राजश्व बाँडफाँड ९ कराेड ३९ लाख, प्रदेश सरकारकाे राजश्व बाँडफाँड ५१ लाख १२ हजार ६ सय ८२, नेपाल सरकारकाे सर्शत चालु १५ कराेड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारकाे सर्शत पुजीगत ९० लाख, नेपाल सरकारकाे विशेष अनुदान ९० लाख, प्रदेश सरकारकाे समपुरक अनुदान २० लाख र प्रदेश सरकारकाे विशेष अनुदान ३० लाख रहेकाे बजेट प्रस्तुत गरिन ।

उपाध्यक्ष सिंहले व्यय तर्फ भाैतिक पूर्वाधार तथा विकास कार्यक्रममा ३९ कराेड, कृषि तथा पशुमा ९९ लाख, शिक्षामा २ कराेड ७० लाख, स्वास्थ्यमा ९२ लाख, खानेपानी तथा सिचाईमा एक कराेड ८४ लाख, खेलकुदमा ३७ लाख, लैंगिक समानता समाजिक समावेशीकरण तथा समाजिक सुरक्षा ५८ लाख बजेट छुट्याएकाे वताइन ।

यसैगरी वन तथा विपद व्यवस्थापनमा ३८ लाख, साेलार साैर्य‍वती तथा विजुली वती जडानमा ८५ लाख, मठ मन्दिर मस्जिद तथा संस्कृतिक सम्पदा जगेर्नामा ३ कराेड ९० हजार, राेजगार तथा व्यवसाय प्रवर्धनमा १० लाख, कार्यालय संचालन प्रशासनिक खर्च तथा जनप्रतिनिधिहरुकाे सेवा सुविधा तथा कर्मचारीकाे तलब भत्तामा १० कराेड ८८ लाख, नेपाल सरकारकाे सर्शत चालु १५ कराेड ८४ लाख २३ हजार ५ सय, नेपाल सरकारकाे पुंजिगत खर्च ९० लाख, नेपाल सरकारकाे बिशेष अनुदान ५० लाख, प्रदेश सरकारकाे समपुरक अनुदान २० लाअ र प्रदेश सरकारकाे विशेष अनुदान ३० लाख बजेट छुट्याएकाे उपाध्यक्ष सिंहले वताइन ।

श्री नेरा मावि सन्ठिमा भएकाे गाउँ सभाकाे उद्घाटन नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए । साे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादव, नेपाली कांग्रेसका महासमिति सदस्य रामदेव प्रसाद चाैहान, सहरुम राउत गद्दी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, वडाध्यक्षहरु लक्ष्मी सा तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष यादव, प्रभु प्रसाद नुनिया, बिहारी महताे नुनिया, राम अयाेध्या पटेल, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद, काेषाध्यक्ष विनय द्विवेदी लगायत गाउँ सभा सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले गरेका थिए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *