श्रेणी : BANNER
वीरगंज (पर्सा), २९ चैत । म्याद गुज्रेकाे केमिकल तथा औषधी प्रयाेग गरेकाे आराेपमा पक्राउ परेका वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र डाक्टर संजय साह रिहा भएका छन् ।
सरकारी वकिलकाे कार्यालयलले थप ५ दिन थुनामा राख्न अनुमति दिएकै दिन बुधबार दुबै जना रिहा भएका हुन् । दुबै जनालाई हाजरी जमानीमा छाेडिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।
अनुगमनकाे क्रममा अस्पतालकाे ल्याब (प्रयोगशाला) मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि अनुसन्धानकाे लागि वीरगंज महनगरपालिकाकाे वडा नम्बर ८ का एमडी अन्सारी र सप्तरीकाे बाेदेबर्साईन नगरपालिकाकाे वडा नम्बर १० का डाक्टर साहलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे ।
पक्राउ परेका दिनदेखि नै वीरगंज हेल्थ केयर अस्पतालमा बस्दै आएका दुबै जनालाई बुधबार सांझ नै छाेडिएकाे डिएसपी थापाले जानकारी दिए । उनले स्वास्थ्य समस्या देखिएका दुबै जनालाई थप उपचारकाे लागि हाजरी जमानीमा छाेडिएकाे वताए ।
थप उपचारकाे लागि बाहिर लग्न छाेडिएकाे हाे की ? प्रत्रकारकाे प्रश्नकाे जवाफमा डिएसपी थापाले वीरगंज हेल्थ केयरले अहिले दुबै जनाकाे ब्यान दिने अवस्था नरहेकाे लेखेर दिएपछि थप उपचारकाे लागि हाजिरी जमानीमा छाेडिएकाे वताउँदै त्याे कुरा थाहा नभएकाे वताए ।
पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा कालाेबजारी मुद्दा दर्ता गरि अनुसन्धानकाे लागि दुई दिनकाे म्याद लिएकाे थियाे । म्यादकाे अन्तिम दिन बुधबार दुबै जनालाई प्रहरी सरकारी वकिलकाे कार्यालयमा पेश गरि थप ५ दिनकाे म्याद लिएकाे थियाे ।
अस्पतालकाे आइसियु कक्षमा राखिएपनि एमडी सहनवाजलाई माेबाइल प्रयाेग गर्न दिइएकाे थियाे । थुनुवालाई प्रहरीले माेबाइल प्रयाेग गर्न नदिएपनि एमडी अन्सारी आइसियु कक्षमै माेबाइल खेलाएर बस्दै आएका थिए । सानालाई ऐन ठूलालाई चयन सरह उनलाई सबै थाेककाे छुट देखिएकाे छ ।
दाेस्राे पटक म्याद थप भएकै दिन प्रहरीले छाेडेपछि समाजिक संजालमा आलाेचना समेत भइरहेकाे छ । प्रहरीले थप उपचारकाे लागि छाेडिएकाे वताएपनि ईद मनाउन छाेडिएकाे भन्दै प्रहरीकाे आलाेचना भइरहेकाे छ ।
प्रतिक्रिया