वीरगन्ज :

जिराभवानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.5kViews
1709 Shares

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकामा शनिबार निःशुल्क प्रजनन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिराभवानी गाँउपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।

वडा अध्यक्ष राजेश्वर दास थारुकाे अध्यक्षतामा भएकाे शिविरको उद्घाटन जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गरेका थिए ।

जिराभवानी गाँउपालिकाको वडा नं. ४ स्थित सुपाैली स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा नारायणी अस्पताल वीरगंजका चिकित्सक डा. मन्जु राम, स्वास्थ्यकर्मी खुश्बु मिश्रा, जिराभवानीका स्वास्थ्यकर्मीहरु अजय कुमार दास थारु, सरोज पंडित, ज्ञान किशोर महतो, राज किशोर यादव, सफिकुला अंसारी, मिथिलेश कुमार यादव, संतोष कुमारी चौधरी लगायतकाे टाेलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।

सो शिविरमा पाठेघरको मुखको क्यान्सर ( भि.आई.ए.) सम्बन्धी परिक्षण, आंग खसेको विरामीहरुको परिक्षण, ब्यवस्थापन तथा उपचार परामर्श गरिएको उदय दास थारुले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *