वीरगन्ज :

वीरगंजबाट हेल्मेटभित्र खैरो हिरोइन तस्करी गर्ने दुई जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.3kViews
1987 Shares

वीरगंज । प्रहरी चाैकी ईनर्वाले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटकाे गुजरा नगरपालिका वडा नं. ३ कटानी निवासी ३२ बर्षिय भिम बहादुर वाईवा र साेही ठाउँ निवासी २५ बर्षिय मिलन तामाङ पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा साेमबार सांझ ५:३० बजेको समयमा संकाष्पदरूपमा हिँडिरहेका प्र.२-०३-००८ प १४३४ नम्बरको स्कुटीमा सवार दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा स्कुटी चालक भिम बहादुर वाईवाले लगाएको हेल्मेटभित्र लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेककाे १२ ग्राम २४० मि.ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *