वीरगन्ज :

नेकपा एस पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.8kViews
1141 Shares

वीरगंज, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।  पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले अगामी जेठ महिना हुन लागेकाे पार्टीकाे महाधिवेशनकाे तयारीकाे लागि सदस्यता नविकरण र नयाँ वितरण गर्ने निर्णय गरेकाे छ । साथै बैठक पार्टीकाे जिल्ला सचिवाल कमिटीमा १६ जना र जिल्ला सदस्यमा १६ जनालाई थप गर्ने निर्णय गरेकाे छ । जिल्ला सचिवालय सदस्यमा लालमन वाइवा, उमेश ठाकुर, रमेश चाैधरी, नेपाल इन्दु साह, विनय लाल गुप्ता, अमिरिलाल कलवार, मदन कुर्मी, राजमहमद अन्सारी, मदन हाजरा लगायतका चयन भएका छन् । वीरगंजस्थित डाइमण्ड पार्टी प्यालेसमा बसेकाे बैठकका पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी, पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्यराे सदस्य एवम् वीरगंज महानर इन्चार्ज चिरन्जिवी अचार्य, केन्द्रिय लेखा आयाेगका सदस्य किशाेरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, उपाध्यक्ष मंजुर आलम, सुभदार यादव लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *