श्रेणी : BANNER
वीरगंज । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ ।
आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ । बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो ।
उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ ।
अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।
बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । कालिका टाईम्स
प्रतिक्रिया