वीरगन्ज :

एजाज नेतृत्वकाे समाजवादी विद्यार्थी युनियन पर्सा पुर्नगठन

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.3kViews
1597 Shares

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन पर्साकाे जिल्ला कार्यसमिति पुर्नगठन भएकाे छ ।

वीरगंजस्थित क्लासिक बयान्केट होटलमा भएकाे भेलाले एजाज बाबु रकीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति पुर्नगठन गठन भएको हाे ।

जुन समितिकाे उपाध्यक्षमा सागिर अलि, विशाल महतो, सचिवमा, अविद हुसैन, सहसचि‍व सागर राउत कोषाध्यक्षमा लक्ष्मी शाह सदस्यहरु दिल्खुश देवान, सन्दिप चौरसिया, राजकुमार साह, सागर साह लगायत चयन भएका छन् ।

अध्यक्ष रकीकाे अध्यक्षतामा भएकाे भेलामा जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, फिरोज मन्सुरी, प्रदेश सदस्य अर्द कमाल, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तब्रेज अहमद, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, वीरगंज १६ का निवर्तमान वडाध्यक्ष श्याम बाबु चौरसिया, वडाध्यक्ष पशुराम चौरसिया, केन्द्रिय कमिटी विद्यार्थीका उपअध्यक्ष आमोद यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *