वीरगन्ज :

साइन्स एवं कला प्रदर्शनी

श्रेणी : कला / साहित्य

2 years
Pradeep Sah
185Views
1 Shares

वीरगंज (पर्सा), २३ मंसिर । वीरगंज १५ भिस्वामा रहेकाे नवदिप एकेडेमीका विद्यार्थीहरुले शनिबार साइन्स एवं कला प्रदर्शनी गरेका छन् । साे कार्यक्रमकाे वीरगंज १५ का वडाध्यक्ष रमेश यादवले उद्घाटन गरेका थिए ।

प्रदर्शनी कार्यक्रमकाे उद्घाटन गर्दै वडाध्यक्ष यादवले बिद्यार्थीहरुद्वारा बनाइएको साइन्स एवं कलाका विभिन्न उपकरण एवं चित्रहरुको अवलोकन गर्नुकाे साथै विद्यार्थीहरुको प्रसंशा एवं हौसला बढाएका थिए ।

नवदीप एकेडेमीका प्रधानाध्यापक सुशीला साहको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, लायन्सका रामबिहारी पाण्डे, उमेश साह कानु, रन्जु फुयाल, सुनिल पटेल लगायत विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिकाहरु एवं स्थानियहरुको सहभागिता रहेको थियाे ।

विद्यालय परिसरमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका रन्जु हाडा र सहजीकरण नेहा अग्रवालले गरेका थिए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *