वीरगन्ज :

दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने अध्यक्ष ली चान्सुको प्रतिबद्धता

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं, भदौ २८ गते
काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।

उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो ।सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *