वीरगन्ज :

त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी कार्गो जाँचपास बन्द गरी आन्दोलित

श्रेणी : अर्थ

2 years
birgunj report
110Views
0 Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा धमाधम सहकर्मी पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले सोमबार विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन् ।प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्व सचिव, अर्थसचिव‚ भन्सार विभागका महानिर्देशकलाई बोधार्थ दिँदै कर्मचारीहरूले मंगलबार र बुधबार विमानस्थलस्थित भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण काम बन्द गर्ने बताएका छन् ।पाँचबुँदे माग राखेका उनीहरूले २७ भदौभित्र माग सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *