
श्रेणी : खेलकुद
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान लामिछाने पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए ।
उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको बताए । लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए । नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया