वीरगन्ज :

टी–२० शृङ्खलामा नेपालद्वारा कुवेत पराजित

श्रेणी : खेलकुद

1 year
birgunj report
99Views
0 Shares

काठमाडौं । चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो ।

कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् ।बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् । शनिबारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले बिहीबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *