वीरगन्ज :

डेब्यु खेलमै साम्बाको गोल

श्रेणी : खेलकुद

2 years
birgunj report
29Views
0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले इजरायली क्लबबाट डेब्यु गरेकी छिन् । हापोएल रानानाबाट नयाँ सिजनको पहिलो खेलमै डेब्यु गर्दा साबित्राले गोल गरेकी छिन् भने टोलीले पनि विजयी सुरुवात गरेको छ ।

अथेना कपको दोस्रो चरणमा हापोएल रानानाले हादेरलाई २–० गोल अन्तरले पराजित गरेको हो । जसमा हापाएलका लागि साबित्रा र आदि गोल्डेनले एक एक गोल गरेका छन् ।

पहिलो गोल गोल्डेनले गर्दै रानानालाई अग्रता दिलाएकी थिइन् । पहिलो गोलमा साम्बाले एसिस्ट गरेकी थिइन् । त्यसपछि टिमका लागि दोस्रो तथा डेब्यु गोल साबित्राले गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *