
श्रेणी : BANNER
काठमाडौं । सत्ता गठबन्धनले सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले राज्यका निकायले नै सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले अनुसन्धान गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय समिति माग्नु अहिलेको छानबिनलाई प्रभावित पार्नेमा एकमत रहेको बताए । बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषयमा छानबिनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराएको पाण्डेले जानकारी दिए ।
त्यस्तै गौरहत्या प्रकरणमा आफूहरूलाई निशाना बनाएको भन्दै जसपाका नेताहरूले आपत्ति जनाएका थिए। यस विषयमा चार वटा प्रतिवेदनका फरक फरक निष्कर्ष निस्किएको र प्रभावितको सम्पूर्ण माग पूरा भएकाले कानुनसम्बन्ध ढंगले टुंग्याउनुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको पाण्डेले बताए। त्यस्तै ललिता निवास प्रकरणमा पनि छलफल भएको उनले बताए ।


प्रतिक्रिया