वीरगन्ज :

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

श्रेणी : BANNER

2 years
birgunj report
25Views
0 Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले यस प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत,भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्तेसँगै संगठित अपराधमा म्याद थप गरिरहेको छ । संगठित अपराधमा ६० दिनसम्म अनुसन्धानको म्याद हुनेछ ।

यस प्रकरणमा भाभभटेनीका संचालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह, बहालवाला सचिव कृष्णबहादुर राउत, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, .बाबुराजा महर्जन। रमेशकुमार पोखरेल, देव नारायण महर्जन, लोकहरी घिमिरे, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र रुद्रप्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र विनोद पौडेल पक्राउ परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *