वीरगन्ज :

ललिता निवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
85Views
0 Shares

काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आइतबार राउतलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट विराटनगर जाने क्रममा प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।

राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *