वीरगन्ज :

ललिता निवास जग्गा प्रकरणमा समरजंगका तत्कालीन प्रमुख र नापी सर्वेक्षक पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
36Views
0 Shares

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दुई जनालाई पक्राउ गरेको हो । सीआईबीले ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरेलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ परेका घिमिरे सरकारी कम्पनी समरजंगका तत्कालीन प्रमुख हुन् भने अर्याल नापी कार्यालयका सर्वेक्षक हुन् । जो ललिता निवासको नाँप जाँचमा खटिएका थिए । यो प्रकरणमा सीआईबीले पछिल्लोपटक ११ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *