
श्रेणी : BANNER
27Views
0
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद यादवले यो प्रकरण राष्ट्रद्रोहको मुद्धा भएकाले गम्भीर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो । यस्तो बेलामा यो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरु हुन खोजेको आशंका उत्पन्न भएको छ, शीर्ष नेताहरुको बैठक यसैलाई कमजोर बनाउन त बसेको होइन भन्ने जनताले आशंका गरेका छन् ।’


प्रतिक्रिया