वीरगन्ज :

गाजामा युद्ध रोक्ने सहमति

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
10Views
0 Shares

पाँच दिनसम्म चलेको युद्धपछि गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।

इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० बजे सुरु हुने तय भएको थियो । तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको बताएका छन् ।

अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो । युद्धविरामको घोषणापछि सयौं मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे । इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।

इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।

“इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार साही हानेग्बीले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीलाई धन्यवाद दिँदै युद्धविरामका लागि इजिप्टको सशक्त प्रयासप्रति इजरायलको तर्फबाट प्रशंसा व्यक्त गर्नुभएको छ,” इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इजिप्टको पहलप्रति इजरायलको प्रतिक्रियाको अर्थ ‘शान्त भएर जवाफ दिइनेछ, र यदि इजरायलमाथि आक्रमण वा धम्की दिइयो भने उसले आफ्नो रक्षाका लागि गर्नुपर्ने सबै कुरा जारी राख्नेछ,’ उनले भने । एक प्यालेस्टिनी स्रोतले इस्लामिक जिहादको सम्झौताको पुष्टि गरेको छ । इस्लामिक जिहादको राजनीतिक विभागका अधिकारी मोहम्मद अल–हिन्दीले भने, “हामी इजिप्टको प्रयासका लागि धन्यवाद दिन चाहन्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *