श्रेणी : राजनीति
काठमाडौं । उपप्रधानएवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई कार्यशैलीमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका छन् ।
आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादन मूल्यांकनको आधारको रुपमा यसलाई लिइने स्पष्ट पारे । उनले यसलाई सामान्य निर्देशनको रुपमा नलिन आग्रह गरेका छन् ।
विपदको पूर्वतयारी, शान्ति सुरक्षाको स्थिति, मिट ब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।
७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए भने सुरक्षा निकायका प्रमुखहरु, विपद प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत सम्बोधन गरेका थिए ।
प्रतिक्रिया