वीरगन्ज :

नक्कली शरणार्थी प्रकरण राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नष्ट गर्ने अवसर होः सचिव भट्टराई

श्रेणी : BANNER

2 years
birgunj report
32Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई राष्ट्रद्रोह भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाईमा भएको राष्ट्रद्रोह भएको बताएका हुन् ।

उनले भनेका छन्,‘नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन मानव तस्करी र बेचबिखानमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाईमा भएको राष्ट्रद्रोह हो । आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन वाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपुरणीय क्षति पुगेको छ ।’

उनले यसले पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई सुद्धिकरण गर्ने पनि बताएका छन् । उनले भनेका छन्,‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई सुद्धिकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नस्ट गर्ने, नेपाल प्रहरीको छबी उजिल्याउने उपयुक्त अवसर हो यो ।’

उनले यसले सीमित साधन श्रोतका बाबजुद आपराधिक घटनाको सत्य तथ्य बाहिर ल्याउन सक्षम रहेको बताएका छन्, उनले भनेका छन्, ‘साधन र स्रोतका बाबजुद अपराधीक घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । बिगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफुलाई काबिल सबित गरेको छ । प्रहरीको अनुसन्धानमाथि बाह्यय दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समुहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *