श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले मन्त्री पद बाँड्दै हिँडेको आरोप लगाए ।
उनले भने,’यत्रो सांसद् छन्, मन्त्री बनाउन सकेको छैन। अहिले मन्त्री बाँड्दै हिँडेका छन्। मन्त्री बाँड्दै हिँड्याछन्, ढाँट्न कति सक्या ?’
अध्यक्ष बुर्जुवाहरूको सेवामा समर्पित हुने र कम्युनिस्ट आन्दोलनका ठूला गफ गर्नेसँग होसियार हुनुपर्ने बताए । उनले पछिल्लो पटक आफूहरुमाथि भयानक आक्रमण भएपनि उनीहरु पराजित भएका बताए ।
उनले भने,’२०७७ साल कम्युनिस्ट आन्दोलनका लागि प्रतिक्रियावादीले प्रहार गरेको वर्ष भयो। तैपनि हामी एक नम्बर पार्टी हौं।’ उनले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तनकारी शक्तिलाई एमालेमा आउन आग्रह गरे ।
प्रतिक्रिया