वीरगन्ज :

ओली निवासमा प्रमुख तीन दलका शीर्ष नेता र सभामुख छलफलमा

श्रेणी : राजनीति

2 years
birgunj report
34Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओलीनिवास बालकोटमा गएका हुन् । साथमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।

विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *