
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिप्रति अपत्ति जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले प्रधानमन्त्रीले बैशाख एक गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो भनेर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले भने,‘के कारणले यो व्यवस्थामाथि संकट आयो ? कसले उल्टाउन खोजेको ? कसको कारणले यस्तो हुन लागेको हो ? पार्टी कार्यालय किन बोल्ने । यदि त्यस्तो खतरा छ भने संसदमा आएर भन्नुपर्यो ।’
उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए । नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया