
श्रेणी : BANNER
नेपालमा बसेर चिनियाँको ठगी धन्दा : ठगी आरोपमा चिनियाँ नागरिक सहित १९ जना पक्राउ

काठमाडौं, १५ चैत / नेपालमा बसेर चिनियाँ नागरिकले विभिन्न मुलुकलाई लक्षित गरेर साइबर अपराध गरेको नौलो घटना होइन । ७ पुस २०७६ मा प्रहरीले १२२ जना साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुबाट नेपाली नागरिक ठगिएको नभेटिएपछि अध्यागमन ऐनअनुसार मुलुकबाट निष्कासित गरिएको थियो । ४ वर्षपछि बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अपरेशन चार्ली अनलाइन स्क्याम चलाएर यस्तै ठगीमा संलग्न ९ चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
यसपटक चाहिँ यो गिरोहबाट नेपाली नागरिक नै ठगीमा परेको भेटिएको कार्यालयका प्रमुख डा. मनोज केसीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीका अनुसार ह्वाट्स एपपमा अनलाइन मार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको छ । ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पु¥याएको पाइएको छ । ‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ,’, केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’
पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । ‘ठगी गरेको भेटिएपछि बूढानिलकण्ठ–२, महादेवखोला र चण्डोलबाट उनीहरुलाई पक्राउ गरेर ल्याएको हो’, केसीले भने ।

ठगी आरोपमा चिनियाँ नागरिक सहित १९ जना पक्राउ
काठमाडौमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिक सहित १९ जनालाई पक्राउ गरेको छ । टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका चिनियाँ नागरिकको आतँक, प्रहरी कार्यालयमै नाराबाजी
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ ग-यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए । बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिंदै उनीहरुलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।
हत्कडी सहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन ?) भन्दै प्रश्न गरेको बुझिन्थ्यो । कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’ ती अधिकृतले भने, ‘मार्सल आर्टस् सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’
२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । ‘यसपालि पनि उनीहरुले आफूले केही नगरे जस्तो देखाएर सहानुभूति मात्रै बटुल्न खोजेका हुन् । वीरगंज टाईम्स



प्रतिक्रिया