वीरगन्ज :

उपराष्ट्रपति निर्वाचनः उम्मेदवारविरुद्धको उजुरी छानबिन र अन्तिम नामावली प्रकाशन आज

श्रेणी : BANNER

2 years
birgunj report
29Views
0 Shares

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदै छ । निर्वाचन आयोगका अनुसार आज दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि हिजो शनिबार उम्मेदवारी दर्ता भएको थियो ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।

यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *