वीरगन्ज :

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक निर्णय गर्ने

श्रेणी : राजनीति

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबार बिहानका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक शनिबारका लागि सरेको हो ।

राष्ट्रपतिमा आठ दलबीच कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति भएपछि कांग्रेसले आज उम्मेदवार चयन गर्नेछ । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ । आजको बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ ।

कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको हो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। यी आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मत छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *