श्रेणी : मधेस
वीरगंज, पर्सा
७३ औं प्रजातन्त्र दिवसको अवसरमा ने.वि.संघ ठाकुर राम बहुमुखी क्याम्पस परिवार द्वारा आयोजित NSU Recreational Week 2079′ अन्तर्गत वादविवाद, सामान्य ज्ञान र TRMC’s Got Talent प्रतियोगिता
सप्पन्न भएको छ।
उक्त प्रतियोगिता नेपाली कांग्रेस पर्सा का सभापति तथा प्रदेस सभा सदस्य जनार्दन सिंह क्षेत्रीको प्रमुख अतिथि तथा नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाले बि.पि.कोइराला फोटोमा फुलमाला लगाई,बत्ती बालि उद्वाटन गरेका थिए।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने लाइ प्रमाण पत्र र प्राइज बितरण गरेको थियो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ । त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा गरेपनि विभिन्न मितिमा लिइएका परीक्षाको नतिजा भने प्रकाशित गर्न सकेको छैन । विद्यार्थी संगठनहरूले समेत नतिजा ननिकाली कार्यतालिका सार्वजनिक नगर्न चेतावनी दिइरहेका छन् । प्रस्तुत छ, स्ववियु निर्वाचनका विषयमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले ठाकुर राम बहुमुखी क्याम्पस आफ्नो मन्तव्य राख्ने क्रममा:
नेविसंघले स्ववियु चुनावको तयारी थालेको हो ?
संगठनले तयारी थालेको छ । क्याम्पसहरूदेखि विश्वविद्यालयमा केन्द्रीय प्रतिनिधि पठाउने काम गरिरहेका छौँ । जिल्ला भेलादेखि क्याम्पस कमिटी गठनको काम पनि अगाडि बढाइरहेका छौँ ।
संगठनको आन्तरिक कामलाई तीव्रता दिएका छौँ । संगठनको आन्तरिक काम र स्ववियु चुनावको तयारीलाई सँगसँगै अघि बढाइरहेका छौँ । जहाँ जहाँ भेला गर्दै आएका छौँ, त्यहाँ स्ववियु चुनाव केन्द्रित छलफल पनि चलिरहेको छ । संगठनको आन्तरिक काम माघ भरीमा गरिसक्छौँ । त्यसपछि फागुनमा स्ववियु चुनावको तयारी गरी चैतमा चुनावमा जान्छौँ ।
त्रिविले घोषणा गरेको स्ववियु चुनावप्रति तपाईंहरूको धारणा के छ ?
सर्वप्रथम चुनावको मिति अघि सारेकोमा हामी स्वागत गर्छौ । हामी सबै ढंगबाट सहयोग गर्न तयार छौँ । हामीले के भनेका छौँ भने लामो समयदेखि आंगिक क्याम्पस बाहेकमा चुनाव हुन सकेको छैन । देशभरीका महत्वपूर्ण क्याम्पसहरूमा स्ववियु चुनाव हुन सकेको छैन । एकले अर्कालाई दोष लगाउने काम हुनुभएन् ।
त्रिविको कल्याणकारी बैठकमा हामीले जुनसुकै मितिमा पनि चुनावमा जान तयार छौँ भनेका छौँ । किनभने नेविसंघले जहिले पनि सिस्टमलाई हेर्छ, विश्वविद्यालयको मेजर स्टकहोल्डर भनेको विद्यार्थी हो । तर विश्वविद्यालयको सिनेटमा, क्याम्पसको सञ्चालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । जसले गर्दा विद्यार्थीको आवाजहरू बुलन्द हुन सकेको छैन् । विश्वविद्यालयमाथि प्रश्न चिन्ह खडा भइरहेको छ । समयानुकूल पाठ्यक्रम, ल्याबहरूको व्यवस्थापन गर्न सकेका छैनौँ । समयमै रिजल्टहरू आउन सकेको छैन । यो विषयमा कहीँ न कहीँ स्ववियुसँग जोडिएको छ ।
त्यसैगरी, नेपाल कांग्रेस पर्साका सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयरले आफ्नो मन्तव्य राख्दै भन्नुभयो ने.वि.संघबाट ३ चोटी केन्द्रिय सदस्य भएको थिए त्यस्तै ठाकुर राम बहुमुखी क्याम्पस बाट २०५६ साल स्ववियु को चुनाव लडि सदस्यमा निर्वाचित भएका थिए साथै ठाकुर राम बहुमुखी क्याम्पसमा २०६२ सालमा प्रत्यक्ष रुपमा स्ववियु सभापति पदमा लडेका थिए ।आफु विधार्थी काल देखि धेरै मेहनत गरि यो ठाउमा पुगेको छु त्यसैले मेरा विधार्थी भाईबहिनीहरु आफु पनि कडा मेहनत गरि आउदो चैत ५ स्ववियु चुनाव ने.वि.संघ पूरा प्यानल लाइ जिताउनु हुन शुभकामना दिनुभएको थियो।त्यस्तै ने.वि.संघका विधार्थीहरु को हरेक समस्या परेको ठाउँमा साथ र सहयोग दिन आफू तैयार रहेको बताउनु भयो।
सो कार्यक्रम ने.वि.संघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रम ने.बि.संघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि इम्तियाज आलम,दुजाङ शेर्पा,अतिथि राम नारायण कुर्मी,अशोक गुप्ता,दिनेश चौधरी,नवीन सिंह,महम्मद साह्बुदिन,मनिन्द्र लाल नेपाली,किरण सरकार,ठा.रा.ब.क्याम्पस निर्वाचित सदस्य धर्मराज यादव,धिरज गुप्ता ,बिकास तिवारी,मनोज कुमार साह,अनिल पटेल वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा,पत्रकार राहुल गुप्ता,लगायतको उपस्तिथी रहेको थियो भने कार्यक्रम सहजीकरण सरोज चौरसियाले गरेका थिए।
प्रतिक्रिया