श्रेणी : समाचार
      91Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ १३ गते
चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हामफालेका छन्। आइतबार साँझ स्कुटरमा सवार पुरुष नारायणी नदीमा हाम फालेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भईरहेको छ ।
पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, आइतवार साँझसम्म फेला नपरेको उनले जानकारी दिए।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया