
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले संवैधानिक दुर्घटनाबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरुको पक्षको बनाउन सबै प्रयास गर्ने बताएका हुन् ।
उनले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरे । संवैधानिक दुर्घटनाबाट मुलुकलाई जोगाउन एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनुपर्ने बताए ।
उनले भने, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं र, हराएरै छाडछौं । यो स्वभाविक हो नि । ओलीजी राष्ट्रपतिमा आँखा लाउलास् भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं, फकाउछौं । मिलाउने कोसिस गर्छौ । किनभने राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दुर्घटनामा लिएर जाने वा नजाने भन्ने हाम्रो मनमा डर पसेको छ । डर हिजोको राष्ट्रपतिहरुको भूमिकाको कारणले पसेको छ । त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौं ।’
राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै महामन्त्री थापाले आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए ।


प्रतिक्रिया