वीरगन्ज :

मन्त्रीहरुनै संविधानको बर्खिलापमा जानु लोकतन्त्रका लागि दुःखदः सांसद पन्त

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
56Views
0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरूनै संविधान विरोधी अभिव्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीहरूले संविधान विरोधी अभिव्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले मन्त्रीहरुले संविधान विपरीत अभिव्यक्ति दिन नमिल्ने बताए । उनले संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्रीहरु बाझिनु लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताए ।

उनले भने, ’सरकारमा सहभागी मन्त्रीहरूनै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोलिरहनुभएको छ। संविधान अनुसार शपथ ग्रहण गर्नुभएका मन्त्री ज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन।’

उनले सरकारमा एमालेको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको बर्खिलापमा नजान सरकारमा सहभागी मन्त्रीलाई आग्रह गरे। उनले शहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको बर्खिलाप गर्ने गरी अभिव्यक्ति दिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *